Sunday, August 9, 2009

gazal

भर्खर मात्र
-रस्मीला कवाङ 'रश्मि'

भर्खर मात्र फक्रेँ म चारैतिर छाउन बाँकी छ
जीवनगीत स्वच्छन्दले गाउन बाँकी छ

संघर्षका पलहरु सम्झदा दरिलो बन्छ मन
सामना गरी सगर माझ धाउन बाँकी छ

त, मन र धनले बिराएँ यो अमर भूमि
हर मोड र पाइलामा सन्तुष्टि पाउन बाँकी छ

हतार नगर साथी हेर बढ्नु पर्छ अगाडि
शङ्खघोषले विजयी-टीका लाउन बाँकी छ

शिशिर-हेमन्तको उजाड कतिन्जेल टिक्छ र
हर खुसी-वर्षात् ल्याउने साउन बाँकी छ

1 comment: