Thursday, November 19, 2009

chasma

चश्मा रस्मीला कवाङ 'रश्मि'
नीलो आकाशमुनि एउटा नीलो
सागर जहाँ उर्लिरहेका छन् जीवनका
ज्वारभाटाहरु एउटा विशाल
ज्वालामुखी जहाँ विविध सुखदुःख समाहित छन्
अनि नीलगिरीमाथि चम्कने एउटा नीलो चाँद
अनि त्यही चाँदनी सुन्दर छ साँच्चै तिमीजस्तै सुन्दर
लाग्छ नीलो धरातलमा एउटा सेतो
चश्मा मोटोमोटो पावर चश्मा हो त्यही चश्मा
। तिमीलाई पहिलो पटक यसरी नै देखेँ
कति सरल देखिन्छौ एउटा सच्चा
देशभक्तजस्तै जो सधैं सकरात्मक छ लाग्छ-
तिम्रा प्रत्येक पाइलामा उज्ज्वल भविषय हिँडेको
छ तिम्रा आँखाहरुमा राष्ट्रप्रेम लुकेको छ
चश्मा लगाई जब तिमीले हेर्छौ
तब लाग्छ कति पारदर्शी
छन् ती आँखाहरु न त कुनै
खोट न कुनै धमिलोपन अनि
लाग्छ कति अनुशासित र इमान्दार छौ
एउटा निडर पहरेदार सिपाहीजस्तै
तिम्रो त्यो श्यामश्वेत चश्मा अनि तिमी
वास्तवमा निर्दोष छन् न कुनै स्वार्थको गन्ध छ न त घमण्डको लेप नै
अहँ केही देख्दिन म तर…
तर म तिम्रो त्यो चश्मालाई नियाल्न
अनि तिम्रा ती देशप्रति समर्पित आँखा हेर्न
सक्दिन तिम्रो चश्माबाट तिमीले हेर्ने
भविष्य अहँ म नियाल्न
सक्दिन किनकि म तिम्रो श्यामश्वेत चश्माको पारदर्शी फ्रेम बन्न
सक्दिन अहँ म सक्दिन ।