Sunday, July 5, 2009

gazal

निरन्तर बितिजाने काल छ उस्तै
जिन्गदीमा सधैं गाल छ उस्तै

आसाहरु कति स्वप्नाहरु कति
पूर्ण हुने धारावाहिक चाल छ उस्तै

केही गर्न अघि बढ्नेहरु पर्ख जानीराख
सागरको छाल छ उस्तै

विश्वासको दीप नजलाऊ रत्तिभर
किनकि झूटा जाल छ उस्तै

नरुनू कतै कठै विचरा कहलिए पनि
इखको विशालु ताल छ उस्तै

फेरिए पनि संसार रश्मि फेरिइनन्
आउने जाने साल छ उस्तै